३४४ जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरियो ।

जितपुर-७, बारा
पुष २१ गते
फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालयमा छात्रवृत्ति बितरण भएको छ । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर मा रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालयले अाज आफ्नो बिधार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष तथा स्कुल ब्यास्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले आफ्नो हातबाट छात्रवृत्ति बितरण गरेकाे छ । कक्षा १ दखि ८ सम्मका छात्रा छात्रवृत्ति बितरण भएको छ । ३ सय ४४ जानलाई छात्रवृत्ति बितरण भएको छ । प्रत्येक बिधार्थीलाई चार सयकाे दरले बितरण गरेको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा सदस्य ज्ञानी पासवानले बताए । छात्रवृत्ति कार्यक्रमका अध्यक्ष फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालयका प्रर्चाय राजु कुमार सिंहकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ । छात्रवृत्ति कार्यक्रममा सहभागी अतिथि स्कुल ब्यावस्थापन समितिकका सदस्य प्रिन्स गुप्ता , समाजसेवी राजेश गिरी, स्थानीय युवा मनाेज कुमार साह , पत्रकार रन्जन यादव ,यस यस पटेल शिक्षा शिक्षाका अभिभावक बिधार्थी लगायातकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *