रोशन गुप्ता
बारा, ०७ भादौ/

प्रदेशसभा को निर्वाचन आगामी मंसिर ४ गते घोषणा भएसँगै चुनाबी चर्चा परिचर्चा हुन थालेको छ ।

बारा जिल्लाको क्षेत्र नम्बर ४ “क” मा प्रदेशसभा चुनावी सरगर्मी बढदै गएको छ । चुनावी मिति घोषणा भएपछि नेकपा एमाले बारा जिल्लामा आकाङ्क्षीहरु देखिन थालेका छन । यस क्षेत्रमा विभिन्न आकलन र बहस सुरुनै भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी बाट बारा जिल्लाको क्षेत्र नम्बर ४ को “क” बाट प्रदेशसभा सदस्यका प्रवल दावेदारको रुपमा देखिएको मनोज पौडेल र अनिल कुमार साह रहेका छन । सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल भई राजनितिमा समेत सक्रिय भएको कारणले पौडेल तथा साह बलियो दावेदारका रुपमा हेरिएका छन ।


