लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनल प्रदेशसभामा दास्रो पटक पनि जित हासिल गरेका छन । सोनल प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन । सोनल बारा क्षेत्र नम्बर ४ को (ख) बाट ५ हजार ३२७ मतको अन्तरले निर्वाचित भएका छन ।
बुधबार बेलुका सकिएको मतगणनामा जितेन्द्र सोनल १३ हजार ५९६ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा जनता समाजवादी पार्टी का उम्मेदवार आत्मारामप्रसाद साहले ८ हजार २६९ मत प्राप्त गरे भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बनेका उमेशकुमार कुश्वाहा ६ हजार ४९० मत पाएका थिए ।
२०७४ को प्रदेशसभा निर्वाचनमा सोनल १३ हजार ११८ मतले निर्वाचित भएका थिए ।