गाईको मासु बिक्री हुने विज्ञापन राख्ने “चिकेन स्टेशन” प्रति बीरगंजमा चल्यो बायकट अभियान

पर्सा, १३ चैत्र

रोशन गुप्ता

पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको लोहारपटी रोडमा संचालित चिकेन स्टेशन नामक रेस्टुराँलाई बिरगँजमा बहिसकार गर्ने अभियान सुरु भएको छ । 

यस फर्मको अधिकारीक पेजबाट आपत्तीजनक पोस्ट अपलोड भएपछि बीरगंजमा फर्मलाई नै बहिसकार (बायकट) गर्ने मुहिम सुरु भएको छ । बीरगंजका स्थानियले यस फर्म प्रति कानुनी कारवाही सहित फर्मलाई नै बाइकट गर्ने अपिल गरेका छन । 

 

यस फर्मको अधिकारीक पेजको पोष्टलाई लिएर समाजिक संजालमा ठुलो बिरोध भएको देख्न सकिन्छ । इस्लाम धर्मावलम्बीको एक महिने पर्व रमदानको अवसरमा “बीफ कबाब” को खरिदारीमा १० प्रतिशत छुट दिएको बिज्ञापन राखेको थियो । अब बिफ भनेको के हो हलका बुझौ दर्शक बिन्द, बिफ भनेको गाईको मासु हो, नेपालको राष्ट्रिय जनावरको मासु वितरण गर्ने लाई कानुनी कारवाही हुने संविधानमा व्यवस्था भए पनि स्थानिय सरकारलेको कदम यस प्रति कस्तो हुनेछ ? 

विज्ञाप

फर्मका संचालकले भुलबस समाजीक संजालमा उक्त विज्ञापन राखिन गएको भन्दै आफनो अधिकारीक पेज मार्फत माफी पनि मागिसकेको छ । तर यस बिफ को विज्ञापनले गर्दा समाजिक संजाल तातिएको छ । फर्मको उक्त पोष्टलाई लिएर युवाहरुले रेस्टुराँलाई बायकट गर्न तथा कानुनी कारवाही गर्ने माग गरेका छन ।

सुचना पालिकाको

Leave a Reply

Your email address will not be published. Required fields are marked *