बारामा १५ कठठा एैलानी जग्गा अतिक्रमणमा, १५ वर्ष पछि अतिक्रमण मुक्त

पवन सिंह 

निजगढ, ०४ जेष्ठ

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका –३ बजनी का वडाध्यक्ष तारा बहादुर कार्की पहलमा तथा स्थानियको साथ सहयोगले १५ कठठा एैलानी भन्दा बढी जमिन व्यक्तिले भोगचलन गदै आएको जग्गा अतिक्रमण मुक्त भएको छ । वडा क्षेत्र भित्र रहेका सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा रामबन टाडीमा १५ कठठा जग्गा (मुल्य ३ करोड) फेला परेको छ । उक्त जग्गा वडा सहित स्थानियको पहलमा अतिक्रमणमा परेको जग्गा  मुक्त गराइएको कारणले स्थायनियमा खुशी छाएको छ ।

कार्कीका अनुसार अतिक्रमणको चपेटामा परेको १५ कठठा जग्गाको अतिक्रमण हटाइएको यसको साथै वडा क्षेत्र भित्र रहेको अन्य धेरै सार्वजनिक सम्पतीलाई आउदो दिनमा कानुन मापडण्ड पुर्याई खोजी गरि अतिक्रमण हटाउनुको साथै भुमाफियाहरुको भणडाफोर गर्ने कार्यमा कुनै कसर बाकी नराख्ने वहाँले SLFखबर लाई बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *