हिन्दू परिषद् नेपालले बाराको प्रसौनी गाउँपालिकामा १०१ सदस्यीय वडा समिति गठन गरेको छ ।
हिन्दू परिषद् नेपाल प्रसौनी गाउँपालिकाका अध्यक्ष अरविन्दकुमार गुप्ताको अध्यक्षतामा शनिबार बथनी चोक–४ स्थित श्री हनुमान मन्दिर परिसरमा समिति गठन गरिएको हो ।
प्रत्येक हप्ता हनुमान मन्दिरमा नियमित चालिसा पाठ हुने भएकाले सनातन धर्मको संरक्षण र संवद्र्धनमा समितिको मुख्य ध्यान केन्द्रित हुने गुप्ताले बताए ।
अध्यक्ष धर्मराज साह तेली, उपाध्यक्ष रामप्रवेश मण्डल, सचिव सुरञ्जन साह, सहसचिव विक्रम मण्डल, कोषाध्यक्ष नितेश गुप्ता, सहकोषाध्यक्ष रविकुमार मण्डल र वरिष्ठ सल्लाहकार वीरेन्द्रकुमार शुक्ला, रामलाल गिरी, रञ्जित पाण्डे, बलिराम महतो र सञ्जय साह सदस्य रहेको १०१ सदस्यीय समिति गठन गरिएको हो ।