दुई करोड भन्दा बढीको समान सहित ३ ट्रक प्रहरी नियन्त्रणमा

रोशन गुप्ता 

बारा, ४ असोज

जिल्ला प्रहरी कार्यालय पर्साले करिब रु दुई करोड मूल्य बराबरको हार्डवेयर, लत्ताकपडा र खुद्रा सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार विशेष सूचनाका आधारमा ना३ख ६९०५, ना३ख ५१६७ र ना३ख २६२० नंका ट्रकलाई वीरगञ्ज महानगरपालिका–२५ स्थित आइसिपी गेट नजिकैको सडकमा रोकेको हो ।

भारतीका अनुसार यी ट्रकमा रहेका सामानको कुल मूल्य करिब २ करोड २९ लाख ३९ हजार ६ सय ५७ रुपैयाँ रहेको छ । जफत गरिएका हार्डवेयर, लत्ताकपडा र खुद्रा सामानलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *