जीतपुरसिमरा उपमहानगरपालिकाले कडा रोग उपचारका लागि प्रतिपरिवार ५० हजारसम्मको सहयोग घोषणा

SLF KHABAR
जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा कडा रोग उपचार सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

यस कार्यक्रमअन्तर्गत क्यान्सर, मृगौला, हृदय, स्नायु सम्बन्धी गम्भीर रोग, थालासेमिया, पार्किन्सन्स, अल्जाइमर, हेमोफिलिया, मल्टिपल स्क्लेरोसिस जस्ता रोगका बिरामीलाई अधिकतम रु. ५०,००० सम्मको उपचार खर्च सहयोग उपलब्ध गराइनेछ।

नगरपालिकाले सबै वडा कार्यालयमार्फत योग्य बिरामीको नामावली संकलन गरी सिफारिस गर्न अनुरोध गरेको छ। यस सहयोगको जानकारी सम्बन्धित निकाय र सर्वसाधारणलाई प्रदान गर्न वडा कार्यालयलाई निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *