मण्डलले आफ्नी श्रीमती, छोरा, दुई छोरी र ज्वाइँसम्मलाई सचिवालयमा करारमार्फत विभिन्न पदहरूमा नियुक्त गराएका छन्।
विवरण अनुसार, सभामुखकी श्रीमती मिथिला देवी मण्डललाई स्विपर (सफाइ कर्मचारी)को रूपमा नियुक्त गरिएको छ र उनी मासिक २४ हजार ७०२ रुपैयाँ तलब लिदै आएकी छन्।
उनका छोरा राहुल मण्डल कम्प्युटर अपरेटरका रूपमा कार्यरत छन्, जसअन्तर्गत उनले मासिक ३४ हजार ७३० रुपैयाँ प्राप्त गर्छन्।
यसैगरी, सभामुख मण्डलका दुई छोरी—काजल कुमारी मण्डल (माली) र विभा कुमारी मण्डल (भान्से) ले पनि सचिवालयबाटै मासिक २४ हजार ७०२ रुपैयाँका दरले तलब बुझ्दै आएका छन्। स्रोतहरूका अनुसार उनीहरू हाल काठमाडौंमा बसोबास गरे पनि तलब भने प्रदेशसभा सचिवालयबाटै नियमित रूपले लिइरहेका छन्।
यो क्रम यत्तिमै रोकिन्न। सभामुख मण्डलले आफ्ना ज्वाइँ रमेश कुमार मण्डललाई त प्रथम श्रेणीको पदमा समेत नियुक्ति गराएका छन्, जसअन्तर्गत उनको मासिक पारिश्रमिक ५६ हजार ७८७ रुपैयाँ तोकिएको छ।