SLF खबर सम्वाददाता /
सर्लाही, ९ बैशाख ,
सर्लाहीमा जिल्ला को मलंगवा नगरपालिका–६ स्थित सुखैनिया टोला बाट हराएकी ६ वर्षिय बालिका प्रहरीले फेला पारी अभिभावकलाई जिम्मा लगाएका छन ।

मलंगवा नगरपालिका–६ का पप्पु पासवानकी ६ वर्षीय छोरी दिपिका पासवान मंगलवार बजार बाट हराएकी थिइन । दिपिका को बुवा पप्पु पासवानले करिब ११ बजे प्रहरी कार्यालय सर्लाहीलाई जानकारी गराएको थिए ।

बजार वरपर खेलिरहेकी दिपिका पासवान बिहीबार साँझा अचानक हराए पछि परिवारजन तथा प्रहरीले खोज तलासको गरिरहेको थियो ।
बालिका सकुसल अवस्थामा मलगंवा नगरपालिका–१ भेडियाही गाँउबाट बालिकालाई करिब १९ः३० साझी फेला परेको साथ निजको बुवालाई सकुशल जिम्मा लगाइएको जानकारी प्रहरी प्रवक्ता एवं सुचना अधिकारी नविन्द अर्यालले बताएको हुन ।


