जय प्रकास साह /
विरगंज, १२ कार्तिक
भारतबाट अवैधरुपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । गोप्य सुचनाको अधारमा विरगंज महानगरपालिका वडा १ को ३९ वषीय रामबाबु साह सोनार रहेका छन ।

प्रहरीले पाएको सुचनाको आधारमा वीरगंज म.न.पा वडा नं.१७ स्थित अलौ सिर्सियामा भारतीय प्लेट नबरको BR22AC 4099 नम्बरको मोटरसाइकल (पलसर) प्रहरीले रोकी खोज तलासी गर्दा निजको रातो व्यागमा चाँदी जस्तो धातु फेला परेको तयारी गरगहनाहरु १ के.जी ०४५ ग्राम फेला परेको हो ।

उक्त चाँदी सहित साहलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको सुचना अधिकारी प्रवक्ता डिएस्पी ओम प्रकाश खनालले बताउनु भएको हो ।


