सिमरा मालपोत कार्यालय द्धारा हरेक महिना ३ करोड राजस्व संकलन

रोशन गुप्ता /
सिमरा, १५ कार्तिक
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ३ बजनी स्थित रहेको मालपोत कार्यालयले हरेक महिना ३ करोड राजस्व संकलन गरेको छ ।


सिमरा मालपोत कार्यालय अनर्तगत पर्ने गाँउपालिका, नगरपालिका तथा उपमहानगरपालिका बाट आएका जग्गा राजिष्टेसन, मुदा , नाम सारी , पुर्जा , रोक्का तथा रोक्का फुकुवा सेवा प्रदान मार्फत ३ करोड महिनाको राजश्व रकम संकलन गरेको जानकरी मालपोत कार्यालय सिमराका प्रमुख अधिकृत हिमाल जीवी उपाध्ययले बताएका छन ।


संकलन गरिएका सबै रकम प्रदेश सरकार तथा स्थानिय सरकारलाई रकम बाँडफाँड गरिएको जानकारी उपाध्यायले बताएका छन ।
नयाँ सम्बिधान २०७२ अनुसार प्रदेश, स्थानिय तथा संधिय सरकार गरि तिन तहमा बाटिएको छ । लाभ कर बाट उढेको राजेश्व संधिय सरकारमा जान्छ भने अन्य बाट उढेका कर को ६० प्रतिशत स्थानीय निकायमा तथा ४० प्रतिशत प्रदेश सरकारमा जाने गरेको उपाध्यायले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *