SLF खबर /
सिमरा, १६ कार्तिक
बाराको सिमरामा अत्रैध रुपमा ल्याएको समान प्रहरीले पक्राउ गरेको छ । चेक जाचको क्रममा पक्राउ परेका समाग्री २ लाख १० हजार ४ सय २० रुपैया मुल्य रहेको जानकारी प्राप्त भएको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा , ईलाका प्रहरी कार्यालय अमलेखगंज तथा प्रहरी चौकी पथलैया बाट खटिअएको टोलीले सो समानहरु चेकिङ गर्ने क्रममा पक्राउ गरेका हुन ।

प्रहरीले विभिन्न मितिमा पक्रउ गरेका समानहरु मोबाईल सेट , कुर्ता , सुरुवाल तथा मैनबत्ती रहेका छन । पक्राउ गरिएका सम्पुर्ण समानहरु थप कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जानरकारी ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


