जीतपुर तथा सिमरा बजारमा धनतेरसको द्धास्रो दिन पनि चहपलह अत्यधिक

जीतपुर, १७ कार्तिक /
हिन्दुहरुको महान चाड दिपावली, तिहार तथा छठ पर्व नजिकिएसंगै बजारमा पर्वमा आवश्यक पर्ने सामानको किन मेल गर्नेहरुको चहलपहल बढन थालेको छ । धनतेरस को पहिलो तथा दोस्रो दिनपनि जितपुरको गद्धीबजार, बजार चौक तथा टेढा रोड लगायका मुख्य बजारमा पर्वका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहपहल हात्तै बढेको छ ।


बजारमा किनमेल गर्न आउने ग्राहकको यो भीडले दिपालली, तिहार तथा छठ पर्वको रौनक दर्शाएको छ । पर्वमा प्रयोग गरिने सामनहरु झिलीमिली बत्ती, तामा पित्तलका भाडा, मखमली सयपत्री फुल, प्लास्टीक मालाहरु, भाइमसला, सप्तरंगी टिका आदी जस्ता पुजा समाग्रीहरु बजारमा देखापरेको थियो ।


चार्डपर्व नजिकिए संगै महंगीपनि बढदै गएको छ । यसको व्यवस्थापनमा सम्बन्धीत निकाए कानमा तेल आलेर बस्नुको कारण ग्राहकहरुलाई सास्ती खेप्नु परेका, ग्राहकहरुले पिडा पोखेका छन ।


हरेक समयका लागि सदावहार बाजर मानिने जितपुरसिमरा उपमहानगर पालिकामा पर्ने जितपुर बजार, सिमरा बजार तथा नितनपुर बजार लगाएतका स्थानको महत्व चार्डपर्वमा अझ बढी हुने गर्दछ । भान्सा देखि पुजा कोठा र नुनदेखि सुनसम्मका सबै सामग्री भेटिने यी स्थानमा चाडपर्वको समयमा झनै ग्राहक तातीलाग्ने हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *