
ऐजेन्सी /
भारत, १७ कार्तिक
दिपावलीको ठिक एक दिन अगाडी आमजनताहरुको लागि इन्धनमा ठुलो राहत दिएका छन । भारतीय केन्द्र सरकारले पेट्रोल तथा डिजलमा ठुलो गिरावत गरेका छन । अब पेट्रोलको मुल्यमा ५ रुपैया तथा डिजलमा १० रुपैयाले गिरावट भएको छ ।

दिपावलीको ठिक एक दिन अगाडी देखी इन्धनको मुल्य सुचि अनुसार पेट्रोल को मुल्य १०५ प्रति लिटर तथा डिजेलको मुल्य ८८.४२ रुपैया कायम हुनेछ । हाल अहिले विक्री हुने मुल्य पेट्रोल ११०.०४ रुपैया प्रति लिटर तथा डिजल ९८.४२ रुपैया कायम रहेको छ ।


