जनकपुरमा प्रहरी तथा स्थानीय बिच झडप, स्थानिय प्रशासन द्धारा निषेधाज्ञा

रोशन गुप्ता /
जनकपुर, २७ कार्तिक


जनकपुर जिल्लाको जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा हिन्दु र मुस्लिम विच झडप । छठपर्वको लागि बनाउदै गरेको छठ घाटको विषयमा झडप हुदा स्थानियले प्रहरी माथी ढुङामुढा प्रहार गरेका थिए ।

दुबै विच बिवाद उग्ररुप लिदा शनिवार दिउँसो आइतबार राति ११ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जानकारी जिल्ला प्रमुख अधिकारी बन्धुप्रसाद बास्तोलाले बताएका हुन । यस झडपमा हिन्दु समुदायका ४ व्यक्ति घाइते भएको छन ।


शनिवार हिन्दु पक्षका व्यक्तिले हिन्दु प्रति भएको ज्यादतीको विरोधमा मोटर साइकल रैली प्रदर्शन निकालेका थियो । रैली प्रदर्शनलाई नियन्त्रण गर्नको लागि प्रहरीले कस्तक्षेप गरेकोहुनाले स्थानीय र प्रहरीबीच दोहोरो ढुङा हानाहान भएको थियो । दुबै पक्षलाई न्युनिकरण गर्नको लागि प्रहरीले रैली प्रदर्शनमा हस्तक्षेप गरेको धनुषाका प्रहरी उपरिक्षक बसन्त राजौरेले जानकारी साझा गराएका छन ।


लागु गरिएको निषेधाज्ञामा शान्ति सुरक्षा कायम होस भन्दै स्थानिय प्रशासनले ऐन २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको स्थानियले सभा, जुलुस, प्रदर्शन , घेराउ तथा कुनै प्रकारको भेला जस्तो क्रियाकलाप गर्न नपाउने गरी लागु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *