
रोशन गुप्ता /
जीतपुर, २५ कात्तिक
नेपालको तराई क्षेत्रमा चार दिन सम्म मनाइने छठ पर्व धुमधामका साथ आज अन्तिम दिन मनाइएको छ । नदीको किनारामा व्रतालुहरुले बुधबार अस्ताउँदो सुर्यलाई अर्घ दिएका थिए भने आज विहान करिब १ बजे देखि कोशी भर्नेहरु व्रतालुहरु आउने गरेका थिए । करिब ५ बजे देखि छठ पर्व गर्नेहरु व्रतालुहरु पनि पुजा स्थलमा आउने गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका कै २४ वडामा छठ पर्व धुमधामका साथ मनाइएको छ । नदी किनारामा आजै विहानै करिब ७ बजे उदाउँदो सुर्यलाई व्रतालुहरुले अर्घ दिएका छन ।

जीतपुर वडा ७ मा पर्ने ललका पुल, होली राज फिल्ड, गढिमाई मन्दिर, चौधरी टोल, शान्ति टोल तथा बरहम बाबा लगाएत छठ पर्व गर्ने ठाँउहरुलाई सिंगारीएको थियो । जीतपुरको होली राज भन्ने छठ स्थलमा अर्घ दिनेहरुको ठुलो घुइचो लागेको थियो ।


