वैष्णो देवी मंदिरमा भागदौडको कारणले गर्दा १२ जनाको मृत्यु

जीतपुर, १७ पुष /


भारतको जम्मू स्थित धार्मिक स्थल वैष्णो देवी तीर्थ क्षेत्रमा भएको भागदौडको कारणले गर्दा हाल १२ जना मानिसहरुको मृत्यु भएको छ । मृत्यु हुने १२ मध्ये ७ जना यात्री उत्तर प्रदेशको र ३ जना दिल्ली का रहेका छन । बाँकी दुई जना यात्रु जम्मु कश्मीर र हरियाणका बासिन्दा रहेका छन । ती सबै यात्रुको पहिचान भइसकेको जानकारी भारतीय मिडियाले बताएका छन ।


यस घटनामा ज्यान गुमाएका यात्रुको सुचिमा उत्तर प्रदेशका श्वेता सिंह ३५ वर्षको, धरमवीर सिंह ३५ वर्ष, विनित कुमार ३८ वर्ष, अरुण प्रताप सिंह ३० वर्ष, मोनु शर्मा ३२ वर्ष, मोहिन्दर गौर २६ वर्ष, नरिंदर कश्यप ४० वर्ष रहेका छन । यसै गरी दिल्लीका तिन तीर्थयात्री आकाश कुमार २९ वर्ष, सोनु पांडे २४ वर्ष तथा विनय कुमार २४ वर्ष को मुत्यु भएको जानकारी हाल प्राप्त भएको छ ।


जम्मु कश्मीरका उपराज्यपाल मनोज सिंन्हाले भागदौड घटनाको उच्चस्तरिय छानबिनको आदेश दिइएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *