काठमाडौ, १६ पुस /
देशमा बिधुतिय खपत बढेको कारणले गर्दा ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली आउने जाने समस्या भएको नेपाल विधुत प्रधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

ट्रान्सफर्मर परिर्वतन गर्दा बिजुली आउने जाने समस्या आज शुक्रबार देखी समाधान हुने आज प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख घिसिङले बताएका हुन ।

देशमा बिधुतिय संकट कहिले पनि आउन न दिने कुरालाई स्पष्ट पार्दै माग अनुसार आपुर्ति गर्ने स्थितिमा बिधुत प्रधिकरण सदेव तैयार रहने उहाले बताए । कुनै कुनै ठाँउमा ट्रान्सफरमार क्षमता भन्दा ज्यदा लोड लिदा जलने समस्याको कारणले गर्दा ट्रान्सफरमर फेर बदल गर्नेभएको कारणले गर्दा बिधुत आउने जाने समस्या भएको कुरा लाई पत्रकार सम्मेलनमा घिसिङले स्पष्ट पारे ।


