निर्मला हत्याकाण्डको आरोपमा भारतीय अलीलाई शंकास्पदका अधारमा नेपाल ल्याइयो ।

जीतपुर, १७ पुष /
करिब साढे ३ वर्ष पछि कन्चनपुरकी निर्मला पन्तको हत्याकाण्डमा प्रहरीले एकजना शंकास्पद भारतीय नागरिकलाई पक्राउ गरी नेपाल ल्याएको छ । निर्मलाको हत्यामा संलगन्न रहेका आशंकामा पक्राउ परेका व्यक्ति भारतीय नागरिक निकार अली रहेका छन ।


१३ वर्षीय निर्मलाको हत्या भएको ठाँउ नजिकै तरकारी खेती अलीले गर्ने गरेका थिए । खेतीपाती गर्नको लागि अलीले ठाँउ भाडामा लिएर खेती गरेको प्रहरी अनुसन्धानमा कुरा खुलेको छ । अलिको डिनए न मिले सम्म उनलाई सार्वजनिक नगरिने अपराध अनुसन्धान विभागका एआईजी प्रधुमन कार्कीले बताएका छन ।


अनुसन्धानको क्रममा आशंकालागने लाई ल्याउने र लैजाने कार्य भइरहन्छन, डिएनए नमिले सम्म कसैलाई सार्वजनिक नगरिने कन्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले बताए । यस भन्दा पहिला पनि आशंका अधारमा पक्राउ परेका दिलीप सिंह विष्टको डिएनए नमिल्दा विष्टलाई रिहा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *