SLF खबर
काठमाडौं, २६ पुष /
कोरोना को नयाँ भेरिएन्ट ओमिक्रोन नियन्त्रण गर्नलाई कोभिड–१९ सकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विधालय आउदो माघ १५ गते सम्म बन्द गर्ने सफारिस मन्त्रिपरिषद्लाई गरेको छ ।

यस बसेको बैठकले आउदो माघ १५ गते सम्म हिउँदे बिदा दिएर देशभरका सबै विधालय बन्द गर्ने निर्णय सिफारिसमा उलेख गरिएको सीसीएमसीसीका प्रवक्ता सुनिल नेपालले बताएका हुन ।

हिउदो विदा बढाइने निर्णयका साथै १२ देखि १७ वर्षसम्मका विधार्थी र १८ वर्षदेखि माथिका शिक्षक, सटार्फ र अभिभावकलाई कोरोना खोप लिन आग्रह पनि गरिएको छ ।

यस बैठकले २५ जनाभन्दा ज्यदा मनिसहरुको समुह गरि भेला न हुनदिन, सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न यसका साथै माघ ३ गते देखि सरकारी सेवा, आन्तरिक उडानमा, कुनै प्रकारका परिक्षा कोठामा प्रवेश गर्नुभन्दा अगडी कोरोना खोप काड अनिवार्य देखाउनुपर्ने हुनेछ ।

यस बैठकले पारित गरेको निर्णयमा मन्त्रिपरिषदको मोहर लागेपछि सो निर्णय लागुहुने छ ।


