पुर्व प्रधानमन्त्री प्रचण्ड र नेता नारायणकाजीलाई कोरोना संक्रमण

SLF खबर
काठमाडौं, २४ पुष /
पुर्व प्रधानमन्त्री हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।


हाल केही दिन देखि स्वास्थ्यमा केही असहज महसुस हुदा शुक्रबार साँझा पीसिआर परिक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टि प्रचण्डको निजी सचिवालयले जानकारी साझा गरेको छ ।


कोरोना संक्रमित भएपनि हाल उनको स्वास्थ्य सामान्य रहेको तथा निवासमै आराम गरिरहेका जानकारी प्राप्त भएको छ ।
कोरोना संक्रमित भएपछि उनलाई आइसोलेसनमा बस्नुपर्ने सल्लाह डाक्टरले दिएपछि पार्टीका सम्पुर्ण कार्यक्रमहरु हलको लागि स्थगित गरिएको सचिवालयले बताएको छ ।


यसै गरि माओबादीका नेता नारायकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित भएका श्रेष्ठ आइसोलेसनमा बसेका छन ।


उनको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन को साथ कोरोना टेस्ट गराउन अनुरोध सचिवालयले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *