SLF खबर
पर्सा , २४ पुष /
पर्सा जिल्लामा पर्ने जगरनाथपुर गाँउपालिका–६ सन्ठीमा नागेश्वरका पटेलका १२ वर्षीय बालकको मृत्यु भएको छ । गाँउकै उखुबारीमा खास काटन गएकी एक महिलाले बालक पटेलको शव देखेपछि गाँउमा सबैलाई जानकारी गराएकी थिइन । स्थानियले प्रहरीलाई फोन गरि जानकारी गराएका थिए ।

बालक चारदिन देखि घरपरिवारको सम्पर्क बाट बाहिर रहेको थियो । आमाबुबाले कतै साथीहरु सँग रमाउन गएको होला भनी प्रहरी कार्यालयमा निवेदन पनि दिएका थिएन । बालकको घाटीमा गम्छा कसिएको अवस्था रहेको हुनाले प्रहरीले अनुशन्धानको लागि घटना सामिल भएको हुनसक्ने कारणले ४ जना माथि निगरानी राखी अनुसन्धान भइरहेको छ । बालक पटेलको शव पोस्टमार्टमका लागि बिरगंज स्थित नरायणी अस्पतालमा पठाइएको छ ।

यसै गरि पर्सा जिल्ला बिरगंज महानगरपालिका को भिशुवा मा बालिका रिजवाना खातुन मृत्यु शंकास्पद तरिकाले गरिएको छ ।

बिरगंज महानगरपालिकामा एक निमार्णधीन घरमा बालिकाको शव फेला परेको छ । बिरगंजको भिशुवामा ९ वर्षीय बालिका रिजवाना खातुनको शव भेटिएको हो । बालिकाको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । खातुन आफनै अभिभावक सँगै भिसुवामा डेरामा बस्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीषक ओमप्रकाश खनालले बाताएका हुन ।

बालिकाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पढाइएको छ । पोष्टमार्टम पछि मात्र बिलिकाको मृत्यु कुनकारणले भएको हो भने सत्य तथ्य सामुने आउने खनालले जानकारी दिए ।



