बिरगंजको नगवामा एक बालिकाको शव भेटियो

SLF खबर
पर्सा, २४ पुष /
पर्सा जिल्लाको बिरगंज महानगरपालिकामा एक निमार्णधीन घरमा बालिकाको शव फेला परेको छ ।


बिरगंजको भिशुवामा ९ वर्षीय बालिका रिजवाना खातुनको शव भेटिएको हो । बालिकाको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । खातुन आफनै अभिभावक सँगै भिसुवामा डेरामा बस्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीषक ओमप्रकाश खनालले बाताएका हुन ।


बालिकाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पढाइएको छ । पोष्टमार्टम पछि मात्र बालिका को मृत्यु कुनकारणले भएको हो भने सत्य तथ्य सामुने आउने खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *