जीतपुर, २७ चैत्र /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर स्थित सगरमाथा मोर्टस टिभीएस सोरुमले राईडर १२५ सिसि को प्रदर्शनी आयोजना गरेको छ । यस मोटरबाईकका आधिकारी आयात गर्ने कम्पनी जगदम्बा मोटर्सल रहेको हो ।

यस प्रर्दशनीमा सोरुमले ग्राहकलाई टेस्ट ड्राइभ गर्ने मौका पनि प्रदान गरेको थियो । बाईक खरिद गर्नेहरुलाई हात खाली नजाने कुपन पनी उपल्बध गराएको हो ।

सगरमाथा मोर्टस्ले राईडर १२५ सिसि मोटरबाईक को मुल्य २,४७,९०० रुपैयामा बिक्री गर्दैआएको छ । बाइकले प्रति लिटर पेट्रोलमा ५५ किलो मिटर माइलेज दिने तथा ५ वर्ष वारेन्टी को साथ मा आउदै गरेको सगरमाथा मोर्टस् सोरुमका प्रो दिनदयाल चौधरीले बताएका छन ।

यस बाईकमा इमर्जेन्सी सेवा अर्थात युएसबि पोटको व्यवस्था भएको कारणले मोबाईल चार्ज गर्ने वा पावर बौंक बोक्ने झन्झट नभएको तथा बाइकको माईलेजका कारणले गर्दा ग्राहकका पहिलो रोजाईमा पर्न सफल भएको छ ।



