भारतीय यी व्यक्तिले एकैपटक २८ वटा कैंचीले कपाल काट्छन, रिकाँड बुकमा समावेशहुन सफल

भारत, २६ चैत्र
भारतको उज्जैनका एक कपाल काटने नाई एकैपटक २८ वटा कैचिले प्रयोग गरि कपाल काटेर इन्डिया बुक अफ रेकर्डमा नाम दर्ता गराउने पहिलो ब्यक्ति भएका छन ।


तपाईहरुलाई जानकारी गराइदिहालौ यस भन्दा पहिला ईरानका एक नागरिकले २२ वटा कैचीले कपाल काटेर रिकाँर्ड बनाउन सफल भएका थिए । २६ वर्षीय युवक आदित्य उज्जैन स्थित अलखधाम नगरका वसिन्दा हुन । आदित्य आफनो बुवा तथा दुई भाई रोहित र जयेशको साथले पसल संचालन गर्दै आएका छन । आदित्य करिब १८ वर्ष देखिनै कपाल काटने कार्य गर्दैआएका छन ।

आदित्य कसरी सफल भए
आदित्यले बताए कि चार वर्षअघि नै सामाजिक संजालमार्फत एक चाइनीज हेयर स्टाइलिस्ट १० वटा कैन्चिले कपाल काटने भिडियो हेरेका थिए । त्यस भिडियो भन्दा केही फर्क गरौ, उनको चहाना हुनथाल्यो । केही दिन पछि वहाँले फेरी अर्को भिडियो पनि देखे त्यस भिडियोमा एक ईरानका नागरिले २२ वटा कैचीले कपाल काटदै थिए । त्यसपछि आदित्यले पनि अभ्यासमा जोड दिनथाले । करिब ४ वर्षको कडा मेहनेतको कारणले गर्दा आदित्य सफल भए । २०२२ मा वहाले कपाल काटदै गरेको भिडियो सुट गरे अनि समाजिक सँनजाल मार्फत साझा गरे, दर्शकले धेरै मन पराउनको कारणले भिडियो भाइरल हुन पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *