सगरमाथा महिला सहकारी संस्था महिलाहरुका लागि वरदान सावित भएको छ : उपप्रमुख

जितपुर, २६ चैत्र
जितपुरसिरमा उपमहानगरपालिका–७ जीतपुरमा रहेको सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था लि ले भवन समुदघाटन गरेको छ । यस संस्थाको भुइतल्ला मान्निय सासद नेजमा खातुनले सहयोग गर्नुभएको थियो भने पहिलो तल्ला जितपुरसिमरा उपमहानगरपालिका कि उपमेयर सरस्वती देवी चौधरीले सहयोग गरेकी हुन । भुइतल्ला निर्मार्ण गर्नेका लागि १० लाख सहयोग प्राप्त भएको थियो भने पहिलो तल्ला ( सभाहल ) निर्माण गर्नलाई १० लाख सहयोग संस्थालाई प्राप्ता भएको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती देबी चौधरीले रिबन काटेर संस्थाको सभाहल समुदघाटन गर्नुभएको हो ।

सगरमाथा सहकारी संस्था जुन अरु सहकारी भन्दा एक प्रिथक पहिचान बनाउन सफल भएको संस्था हो । यस संस्थाले बचत तथा रिन मात्र होइन, महिलाहरुको मनोबल ब्रिधि गर्नकालागि सिप प्रदान गर्ने तथा सिप बाट आर्जन गरेको रकमलाई बचत बानीको बिकास गर्ने रुपमा चिनिदै आएको संस्था हो । बारा जिल्लाको १६ पालिका मध्ये जितपुरसिमरा उपमहानगरपालिका जहाँ पुरुषमात्र होइन महिलाहरु पनि घरको आर्थिक स्थरलाई उकासन यस संस्था मार्फत अग्रसर भएका छन । महिलाहरुको लागि यो संस्था वरदान सावित भएको छ । बजेट थोरै भए पनि, छोटो समयमा सबैको सहकार्य भुमिकाले आज हामी उदघाटन कार्यक्रममा उपस्थित भएको जितपुरसिमरा उपहानगरपालिका कि उपप्रमुख सरस्वती देवी चौधरीले बताइन ।

३१ महिलाहरुको समुहबाट संचालनमा आएको तथा विस्तारै बिस्तारै सदस्यहरु बढदै ६५० पुगेका छन । सबैको विश्वासले तथा सहर्कायको कारणले गर्दा संस्थाले बचत तथा रोजगारी मुल्क सिप प्रदान गर्दैआएको छ । ठाँउको अभावको कारणले गर्दा सिपमुलक कार्यक्रम संचालन गर्न धेरै समस्या भोगनु परिरहेको थियो । जितपुरसिमरा उपमहानगरपालिका कि उपप्रमुखको सहयोगको कारणले हामी द्धोस्रो तल्ला थपेका छौ । संस्थाले अगामी दिनहरुमा आफनो सेवा सुविधा विस्तार गर्दै जाने संस्थाकी अध्यक्ष सीता उप्रेतीले बताइन ।


संस्था कि अध्यक्ष सिता उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा नगर उपप्रमुख सरस्वती देवी चौधरी, विशिष्ट अतिथी देवनरायण चौधरी, मोविन आलम, मनोज पौडेल, कमला धिमिरे, त्रिलोक बिक्रम रहेका थिए । यसै गरि कार्यक्रममा शिव गौरी, विजयराज शर्मा, सुनिल कुमार गुप्ता, सीतादेवी उप्रेती, संराजुल अंसारी, मनोज कुमार साह, रेत्ना देवी शर्मा , माया देवी खतिवडा, उषा अधिकारी , गोमा बतौला , राधा सापकोटा , रेनुका गिरी , सुसिला र्शमा , कान्ती चौधरी, ललिता पन्थ लगाए करिब १ सय जनाको सहभागीता रहेको कार्यक्रम संचालीका देवी कुमारी सापकोटाले जानकारी दिएकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *