
बारा, १९ चैत्र
बारा जिल्लाको जितपरसिमरा उपमहानगरपालिका वडा ९ छातापिपरामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

यसै कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले नेकपा एमाले नेपालमै एकलै चुनाव लडने अनि चुनाव जितन सक्ने छमता राख्ने पार्टी हो । हामीले कालपनीक कथा सुनाएर भोट माग्ने पार्टी होइन हाम्रो पार्टीले गरेको विकासको आयोजना नै काफि भएको बताए । नेकपा एमाले चुचे नक्सा प्रकाशित गर्ने आट राख्ने नेपाल कै पहिलो पार्टी हो । नेकपा एमाले पार्टीले गरेको काम यदी गिन्ती गर्ने हो भने सायद आगौला कम पर्ला । अरुको भ्रममा नपर्न र नेकपा एमाले नै आगामी दिनमा पहिलो पार्टी हुने दाबी गर्नुभएको हो ।

यस कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु देबनारायण चौधरी, भुदेब चौधरी , एमाले बाराका नेता मनोज पौडेल वडा नम्बर ९ का अध्यक्ष प्रभुनाथ चौधरी , जिल्ला सदस्य अनिता चौधरी लगायत सबैले कार्यक्रमा आफनो अवधारण राखेका थिए । जादोलाल चौधरीले कार्यक्रमको सभापतित्वमा सम्पन्न भएको हो ।


