जितपुरसिमराका एक युवक बाघको आक्रमणमा परि मृत्यु

SLF खबर
बारा, २८ चैत्र /


बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६ का एक युवक बाघ आक्रमणमा परि मृत्यु भएका छन । मृत्युहुने सुरेश मगर ३१ वर्षका थिए । सुरेश मगर घाँस काटनका लागी चारकोसे जंगलमा गएका थिए ।

घास काटने क्रमै बाघको अक्रमणमा परि घाईते भएका मगरलाई उद्धार गरी ल्याउने क्रममै मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी गराएका छन ।

मगर सहित ३ साथी कोल्हवी नगरपालिका–२ स्थित रहेको तामागढी साझेदारी वनमा घाँस काटने क्रममा बाघले आक्रमण गरेको थियो । मगर आक्रमनमा देखेर साथीहरुले होहल्ला गरेपछि बाघ जगल भित्र भगेको प्रहरीले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *