बिरगंजमा लागुऔषध सहित एकजना प्रहरी फन्दामा

रोशन गुप्ता
बिरगंज, २९ चैत्र
/


जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषध सहित एक ब्यक्तिलाई हिरासतमा लिएको छ ।

बिरगंज महानगरपालिका वडा १६ स्थित प्रहरी चौकी बसर्पाकबाट खटिएको टोलीले उक्त ब्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्ति जिरी नगरपालिका वडा नम्बर ७ निवासी २४ वर्षीय बाङचुङ् शेर्पा रहेको छ ।


शेर्पाले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध DIAZEPAM १२८ एम्पुल, NOOPHIN २८ एम्पुल, PHENERGAN १२६ एम्पुल र BUPRENORPHINE १०० एम्पुल गरी जम्मा ३८२ एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जानकारी पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले SLFखबरलाई बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *