रोशन गुप्ता
पर्सा, ९ वैशाख /

पर्सा जिल्लाको बिरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पदबाट राजीनामा दिएका छन । वहाले गाडी र साँचो समेत प्रमुख कार्यकारी अधिकृत निष्छल राज पाण्डेलाई बुझाएका छन ।

सरावगीले फेरी आउदो चुनावमा महानगर प्रमुख पदको दावेदारी गरेको कारणले गर्दा पदबाट राजिनामा दिएका हुन । निर्वाचन आयोगका अनुसार उमेदवारी दर्ता गर्नु भन्दा पहिलानै पदबाट राजिनामा गर्ने कानुनी प्रबधान रहेको कारणले प्रमुखको पदमा उम्मेदवार बन्न पक्का पक्की भएको कारणले राजिनामा दिनुपरेको हो ।



