रोशन गुप्ता
कलैया, ११ बैशाख /
नेकपा एमालेले कलैया उपमहानगरपालिकाको प्रमुख पद विनोद साहलाई नै दिने निर्णय गरेको छ । सोमबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले ९ उपमहानगरपालिकाको उम्मेदवार निर्णय गर्ने क्रममा साहलाई उम्मेदवार बनाउने निर्णय परेको छ ।

२०७४ सालमा भएको स्थानिय निर्वाचनमा १ सय ८७ बढीमतले नेपाली कांग्रेसका राजेश राय प्रमुख पदमा निर्वाचित हुनुभएको थिए । हर्नेहो भने विनोद साहले १० हजार ७ सय १६ मत प्राप्त गरेका थिए भने रायले १० हजार ९ सय ३ मत प्राप्त गरेका थिए ।

स्थानीय तह निर्वाचन २०७९ को लागि कलैया उपमहानगरपालिकाको प्रमुख पदका लागि कलामुदिन अंसारी , रविनदास श्रेष्ठ र भवानी दुलालको नाम सिफारिस गरिएको थियो । एमालेले प्रमुख पद टुंगोलाएपनि उपप्रमुखको पद बारे निर्णय गरिएको छैन ।


