जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जनमत पार्टीबाट अनिता साहको उम्मेदवारी

रोशन गुप्ता
बारा, ११ बैशाख /


जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदको लागि जनमत पार्टीबाट अनिता साहको उम्मेदवारी आज दर्ता गरिएको छ ।


आईतबार साह आफै जनकपुरधाम स्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन । जनकपुरधाम उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान मेयर लालकिशोर साहलाई २०७४ सालमा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

कांग्रेस पार्टी परित्याग गरि मनोज साह र बलराम महतोले मेयरपदको लागि स्वतन्त्र लडने घोषणा गरेका छन । चुनावी चहलपहलको कारणले गर्दा जनकपुरधाम उपमहानगरपालिकामा घरदैलो कार्यक्रम अत्यधिक मात्रामा देख्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *