एमालेबाट जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा चौधरी र उपप्रमुखमा अधिकारीले उमेदवारी दर्ता गराए

रोशन गुप्ता
बारा, १२ बैशाख /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख पदमा सरस्वती देवी चौधरी र उपप्रमुखमा भोला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन ।


स्थानिय निर्वाचन २०७४ मा सरस्वतीचौधरी उपमेयर पदबाट विजयी भएको थिइन । तपाईहरुलाई जानकारी गराइ दिहालौ, उनी एमाले केन्द्रीय सदस्य तथा बारा जिल्ला सहइन्चार्ज पनि हुन ।


प्रमुख पदका उमेदवार अधिकारी २०४१ र २०५४ सालको स्थानीय निर्वाचनमा विजयी भएका तथा हाल पिपरा सिमरा गाविसको निवर्तमान अध्यक्ष पनि हुन ।
एमाले समर्थक सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरी तथा अधिकारीले उम्मेदवारी दर्ता गराका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *