रोशन गुप्ता
बारा, १२ बैशाख /

जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा एमाले तर्फबाट वडा अध्यक्षको टिकट युवा नेता सुनिल गुप्ताले पाए ।

यस वडा अध्यक्षको दावेदारी एमाले तर्फबाट गर्ने सुनिल कुमार गुप्ता , राजु गिरी, मनोज कुमार साह, कपुर गिरी र मालती कुमाल गरेका थिए ।

उमेदवारी दिने पाँच जना मध्ये सुनिल कुमार गुप्तालाई दिने निर्णय जिल्ला कमिटीको शिफरिश अनुसार प्रदेश कमिटीले टिकट दिने निर्णय गरेको छ ।


