रोशन गुप्ता
बारा, ३१ बैशाख /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको २४ वडाहरुमा शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको थियो । यसै पालिकाको २४ वडाहरुमा भएको मतदानको मतगणना सुरु भएको छ ।

४ घण्टाको लामो सर्वदलीय बैठक पछि, आज विहान ३ बजे मतगणना को सुरु भएको छ । यस वडा मा मतदाताहरुको संख्या २ हजार ३सय ४८ रहेको छन भने मतदाता गर्ने १ हजार १६ मात्र उपस्थित भएका थिए ।

हाल अहिले वडा २४ हरपुरको नेपाल राष्ट्रिय माध्यमिक विधालयमा भएको मतसंकलनको मतगणनाको गिन्ती सुरु भएको जानकारी निर्वाचन सहायक अधिकृत बालाराम खडकाले गराए ।

जितपुरसिमरा उपमहानगरपालिका मा हाल ७० हजार ६४ मतदाता रहेको छन भने ५२ हजार ९ सय ५७ मत मात्र खसेको छ ।


