रोशन गुप्ता
जीतपुर, ५ जेष्ठ /
जितपुरसिमरा उपमहानगरपालिका का गठबन्धबाट माओबादीपार्टीको तर्फ बाट मेयर पदका उमेदवारी दिएका राजन पौडेल र नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरी बिच कडा प्रतिस्प्रर्धा भइरहेको छ ।

ताजा मतपरिणामको अनुसार मेयर पदका उमेदवार पौडेलले १४३२९ ल्याई अग्रस्थानमा रहेका छन भने सरस्वती देवी चौधरीले १३५६० मत ल्याइ पछयाउदै गइरहेकी छिन ।

यसै गरी मेयर पदका लागि लोकतान्त्री समाजवादी पार्टीको तर्फबाट संजय कुमार साहले ५१०७ मत ल्याएका छन । गठबन्धबाट नेपाली कांग्रस पार्टीको तर्फबाट उपमेयर पदको उमेदवार मेघा साहीले जेष्ठ २ गते सम्म पदमा सुरक्षीत रहेकी थिइन भने आज साही करिब ६ हजार मतले पछाडी परेकी हुन ।


