कलैयामा मेयर तथा उपमेयरलाई स्वागत स्वरुप तौल बराबर लड्डुले

रोशन गुप्ता
बारा, ७ जेष्ठ
/
बारा जिल्लाको कलैया उपमहानगरपालिकामा स्थानिय तह निर्वाचनमा निर्वाचित मेयर विनोद साह तथा उपमेयर रौशन प्रविनलाई स्वागत स्वरुप लडुबराबर तौलीएका छन ।
निर्वाचित प्रतिनिधिलाई काँटामा राखेर तौल बराबरको लडु अस्तान्तरण गरिएको थियो । पालिकामा उपस्थित सबैमा बाडिएको थियो । समर्थकहरुले लडुको व्यवस्था मिलाएका थिए ।


निर्वाचित प्रतिनिधिले कानुन स्वरुप कार्य गर्ने तथा जातपात को नजरले नहेरी काम गर्ने शुभकामनाका साथ मो. गजनी ठकुराईले लडुबाडेका हुन ।


कलैया उपमहानगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने तथा त्यस बराबरको कार्य गोप्य रुपमा भइरहेको कार्यक्रमको विचमा मेयर विनाद साहले बताए ।


स्थानिय तह निर्वाचनमा कलैयाको एमाले बाट मेयर पदको उमेदवारी लिएका साहले २४ हजार १३९ मत ल्याइ विजयी भएका थिए । शाहका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याएका थिए । विनोदले पुर्व मेयर भन्दा ५५९९ मत ल्याइ भारी मतका साथ विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *