आर्थिक अभावको कारणले १५ वर्षीय किशोरीको उपचारमा समस्या

रोशन गुप्ता
बारा, ७ जेष्ठ
/
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा २४ बेलवाडी श्रीपुरकी १५ वर्षीय एक किशोरीको आर्थिक अभावको कारण उपचारमा समस्या हुन्थालेको छ । धेरै ठाँउमा उपचार गराउनमा ५ लाख भन्दा ज्यादा खर्च गरे तर केही सुधार भएन खातुनको बुवा मसायन अंसारीले बताए ।


सरकारी विधालयमा अध्यनर्त खातुनलाई कक्षा ८ पढदै स्वास्थ्यमा समस्या देखिन थालेको हो । गत भदौ देखि नै उनीमा स्वास्थ्य जिउ सुन्निने , हातगोडा हलने , .अकास्मात बेहोस हुने जस्ता समस्या भएको कारणले गर्दा उपचार लिइरहेको थिइन ।


खातुनको ब्लडमा इन्फेक्सन भएको र उपचार पछि निको हुने डक्टरले बताए । उपचारको लागि अंसारीले कर्जा सापटी लिएर उपचार त गराए तर स्वास्थ्यमा उचित सुधार आएन । ठुलो सहरमा जादा ठुलो पैसा लाग्ने डरमा अंसारी उपचार गराउन ठुलो दुविधामा परेको उनले बताए ।


संचारकर्मीहरुको सामु खातुनको बुवा आँखा बाट आसु पार्दै भने मेरो छोरीको उपचारको लागि केही पहल गर्दिनु पर्यो, छोरीको उपचार म काठमाडौको ठुलो अस्पतालमा गराउन चाहन्छु ।


उपचार गराउनको लागि लिएको कर्जा तिर्ने धेरै ठाँउमा पैसा दिने समय पनि आइसकोको छ । अब कर्जा लिने बाटो पनि बन्द भएको छ । अंसारीले टेक्टर चलाएर घरपरिवार चलाउने गर्ने गरेको तथा उनको नाममा हाल सम्पितीको नाममा १० धुर जग्गा रहेको अंसारीले बताए ।

आर्थिक सहयोगको लागि पिडितको बुबाको खाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *