रोशन गुप्ता
पर्सा, ८ जेष्ठ /
पर्सा जिल्लाको बिरगंज महानगरपालिकामा स्थानिय तह निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहको मेयर पदमा निरन्तर अग्रता कायम रहेको छ ।

नेकपा एमालेका उम्मेदवार विजय सराबगी र राजेशमान सिंह बीच ठुलो मतको मतान्तर कायमै रहेको जानकारी मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

दुबै प्रतिस्पर्धी बिच झण्डै डब्बल मतको फर्क कायम रहेको छ । सिंहले हाल ३३ हजार ९९९ मत प्राप्त गरेका छन भने निकटतम प्रतिस्पर्धी सरावगीले १७ हजार ८०८ मत हाल सम्म पाएका छन । यसै मतलाई हेर्नेहो भने दुबै विच १६ हजार १११ मतको फर्क रहेको स्पस्ट देखिन्छ ।

स्थानिय तह निर्वाचन २०७४ सालमा राजेशमान सिंह १२ हजार १६५ मत ल्याइ तेस्रो स्थान पाएका थिए भने विजय शेरावगीले १९ हजार ३९३ मत ल्याई बिरगंजको मेयर बनेका थिए । त्यस बेला दुबै विचको फर्क हेर्नेहो भने विजय भन्दा सिंह ३ हजार ९४६ मतले पछि परेका थिए ।


