रोशन गुप्ता
बारा, १२ जेष्ठ /
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जीतपुरमा नव निर्वाचित वडा अध्यक्ष सुनिल कुमार गुप्ताले पदभार ग्रहण पहिलो निर्णय सार्वजनिक गरेका छन । जितपुरसिमरा कै सबै भन्दा जेठो स्कुल भनेर चिनिने श्री फकिरा गिरी राजेश्वर गिरी बिधालयमा अध्ययनरत बिधार्थीहरुलाई शैक्षिक सत्र २०७९ देखि कक्षा ५ सम्म का विधाथीहरुलाई अंग्रेजी माध्यमबाट अध्यापन गराउनका लागि आवश्यक पहल गर्ने, बुधवार बसेको वडा समिती बैठकबाट सर्वसहमतीले निर्णय गरिएको छ ।

बिधालय लाई शिक्षाको मन्दिर बनाउनमा कुनै कसर बाकी नराख्ने तथा स्वास्थ्यको लागि सफा पानीको पनि व्यवस्था गर्ने वडा सदस्य सिता उप्रेतीले बताइन ।

विगत केही वर्ष .देखि सरसफाईमा केही ठिला सुस्ती देखिए पनि अबका नव निर्वाचित प्रतिनिधिले कुनै प्रकारको ढिलाई न गर्ने तथा हरेक पसल संचालकलाई सरसफाईलाई व्यवस्थीत गर्नको लागि चाडै डस्टविन उपल्बध गराउने तथा उपमहानगरपालिका कार्यालयबाट अवश्यक समाग्रीको माग, यही बुधवार बसेको वडा बैठक बाट निर्णय गरिएको जानकारी वडा सदस्य नुरुल्लाह अंसारीले बताए ।


