रोशन गुप्ता
बारा, १२ जेष्ठ /
पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको नव निर्वाचित मेयर राजेशनमा सिंहले सपथ ग्रहण गर्दै वर्षाको बेलामा सडक अव्यवस्थीत भएको कारणले गर्दा आमजनताहरुले वषौँदिन देखि भोग्दै आएको दुविधा अब व्यवस्थीत हुनेभएको छ । सिंहको पहिलो एजेण्डामा घण्टाघर देखि माइस्थन सम्मको सडक मर्मत हुने भएको छ ।

बिरगंजका आम जनताहरुले सडक मर्मत तथा नाला व्यवस्थीत गर्न पटक पटक नगरपालिकाको ध्यान केन्द्रीत गर्दैआएका थिए तर निवर्तमान विजयकुमार सरावगीले उक्त सडक निर्मान गर्न आफ्नो अधिकार क्षेत्र भित्र नरहेको बताउँदै आएका थिए । तर नवनिर्वाचित सिंहले बिरगंजको सडक निर्माण गर्ने सपथ लिएकै दिन घोषणा गरेका हुन ।

महानगर भित्र बसोबास गर्ने करिब १० हजार ९ सय २४ घरेलु(आमजनताहरुले प्रयोग गर्ने ) मिटरमा ३० युनिटसम्म विधुत निःशुल्क गर्ने साथ साथै प्रयोगकर्ताको न्युनतम शुल्क र इनर्जी शुल्क महानगरले नै व्यवस्थीत गर्ने घोषण सिंहले गरेका छन ।

३० युनिट भन्दा माथी भए सम्पुर्ण युनिटको शुल्क प्रयोगकर्ताले नै तिर्नुपर्ने निर्णय पत्रमा लेखिएको छ । यो योजना मात्र ३० भन्दा कम युनिट खपत गर्ने सेवाग्राहीका लागि भएको पत्रमा उलेखित गरिएको छ ।

महानगरभित्र रहेका करिब ४ सय ७० वटा कृषि मिटरबाट खपत भएको सम्पुर्ण भुक्तानी महानगरले लिने सिंहले निर्णय गरेका छन । कृषीको मनोबल बृधीगर्नको लागि उक्त निर्णय गरिएको हो ।
सबै निर्णय श्रावन १ गते देखि कार्यन्वयनमा आउने पत्रमा उलेखित गरिएको छ ।

