रोशन गुप्ता
बारा, १३ जेष्ठ /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरको स्वास्थ्य चौकीमा हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जितपुर ब्रान्चले एक सेट स्ट्रेचर हस्तान्तरण गरेको छ ।

जितपुर स्वास्थ्य चौकीमा प्राथमिक उपचार सँगसँगै बर्थिग सेवा थप गरे पनि उचित व्यवस्थापन नै नभएको कारणले आम जनताहरु उचित लाभ लिन सकिरहेका छैन । उचित व्यवस्थापनको लागि उचित ठाँउ भएपनि यहाँका पुर्व प्रतिनिधिहरुले उचीत स्वास्थ्यकर्मी तथा उचित सेवा सम्पन्न भवन बनाउन नसकेको कारणले गर्दा आम जनताहरु प्रइभेट अस्पतालबाट उपचार गराउन बाध्य भइरहेका छन । जितपुर स्वास्थ्य चौकीलाई जितपुरसिमरा उपमहानगरपालिका कै नमुना स्वास्थ्य चौकी बनाउने तथा चाढै एम्बुलेन्स सेवा उपल्बध गराउने जानकारी वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताए ।

कार्यक्रममा हातेमालो जितपुर ब्रान्चका सम्पुर्ण टिम, वडा ७ का सम्पुर्ण सदस्य, नगर उधोग वाणिज्यका अध्यक्ष संजय साह तथा स्थानियहरुको सहभागीता रहेको थियो ।



