रोशन गुप्ता
बारा, १९ जेष्ठ /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा दैनिक वडा सरसफाई कार्यक्रममा वडा अध्यक्ष सुनिल कुमार गुप्ता आफै होमिएका छन ।

उनले जीतपुरको बजार चौक देखि टेढा चौक, तरकारी बजार, गुदरी बजार खण्डमा हाल सम्म ९० वटा डस्ट विन वितरण गरिएको बताएका छन । करिब ११० वटा डस्ट बिन अझै बन्ने तथा वितरण हुने बाकी नै रहेको छ । फोहोरलाई डस्ट बिनमा नहाल्ने तथा सडक खण्डलाई फोहोर गर्नेहरुलाई जरिवान लाग्ने छ । जरिवान शुल्क पहिलो पटक ५ सय लाग्ने छ भने अर्को पटक ठिक जरिवाना डबल हुदै जानेछ ।

जितपुरसिमरा उपमहानगरपालिका कै सबै भन्दा ज्यदा राज्शव तिर्ने वडा जितपुर भएको कारणले गर्दा बजारबाट फोहोर नआउने कुरै भएन । अनि फोहोरलाई व्यवस्थापन गर्ने हाम्रो टिन सदेव तैयर अवस्थामा रहिरहने छन । हरेक टोलमा सरसफाईको लागि टिम निर्माण गरिएको छ, टिमको काम आफ्नो टोललाई सफासुन्दर राख्ने छ । जीतपुरको तरकारी बजारमा नाला पुर्ण रुपले बन्द भएको कारणले वर्षायामको बेला पानीले निकास नपाएर बजारमै जम्मा हुने तथा ग्राहकलाई बरिदारी गर्न धेरै गारो हुनेगरेको कारणले गर्दा बजारको सबै नाला सफाई गरिएको जानकारी वडा सदस्य नुरुल्लाह अंसारीले बताएका छन ।


वडा अध्यक्ष बिहान ४ बजे देखि राति १ बजे सम्म जीतपुरको बजरा क्षेत्र तथा हाइवे क्षेत्रलाई सफा राख्ने कार्यमा व्यवस्थ रहिरहेका छन । उनले आज जितपुरको शौचालय तथा मासु पसलहरुमा पनि निरीक्षण गरेका छन । निरीक्षणपछि शौचालय तथा आसपासका क्षेत्रमा सफाई राख्ने निर्देशन दिएका छन ।




