रोशन गुप्ता
बारा, पथैलया
२०७७ माघ–१० गते
पथलैया–अमलेखगंज क्षेत्र तर्फ पर्ने पर्सा राष्ट्रिय निकुन्ज सडकखण्ड तर्फबाट बिहान एक पुरुषलाई बाघले जंगलतर्फ लगेको आशंकाले स्थानियहरुमा त्रास उत्पन्न भएको छ । हाल पर्सा राष्ट्रिय निकुन्ज मा आशंका गरिएको व्यक्तिको खोजी हात्तीको साहयाताले सुरु गरिएको छ ।

आशंका गरिएको पुरुष करिब ४५ वर्षका रहेका छन भने उनलाई अमलेखगंज स्थित नेपाल आयल निगमको डिपोबाट दक्षिणतर्फ पिसाब गर्न गएका थिए त्यहीबेला सडकको क्षेउ बाटै बाघले लगेको जानकारी प्राप्त भएको हो । जगंल तर्फबाट मानिशको ठुलो स्वरमा चिच्याएको आवाज सुन्ना साथ एक महिलले प्रहरीलाई जानकारी गराएकी थिइन । प्रहरीले जगलमा खोज तलास गर्दा प्रहरी टोलीले हराएको पुरुष फेला न परेपछि बाघले लगेको आशंका गरिएका छन भन्दै प्रहरी नायाव उपरिक्षक श्रेष्टले जानकारी गराएका हुन ।

