रोशन गुप्ता
सिरहा
नेपाली सेना द्धारा प्रेसर कुकर बम पुर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने मिर्चैयामा बनेको पुलमा राखिएको बम सेनाले डिस्पोज गरेका छन । अज्ञात समुहले मिर्चैया नगरपालिका वडा नं. ५ मा पर्ने जिबा खोलामा प्रेसर कुकर बम शनिवार विहान राखिएको स्थानीले देखना साथ प्रहरीलाई जानकारी दिएका थिए ।

बम डिस्पोजल गर्ने क्रममा इलाका प्रहरीले कार्यालय मिचैयामा खटिएका प्रहरी टोलीले पुलमा आवत जावत गर्ने कार्य पुर्णरुपले बन्द गरेको थियो । शेर गणका बम डिस्पोजल टोलीले बम लाई डिस्पोज गरेको जानकारी ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी साझा गरेको छ ।

