भारतमा बर्ड फ्लूको कारण कुखुराको मुल्यमा भारी गिरावट, नेपालमा केही फर्क देखिएन

रोशन गुप्ता
जीतपुर–७, बारा
हाल कुखुराको मासु जीतपुरसिमरा उपमहा नगरपालिकामा ३८० कायम रहेको छ भने त्यही भारतमा कुखुराको मा मासुमा भारी गिरावत भएको छ । भारतमा कुखुराको मासुमा भारी गिरावट कुनै चुनावले नभई बर्ड फ्लू बाट भएको हो । भारतको देवरिया मा बर्ड फ्लुले दस्तक को असरले गर्दा कुखुराहरुको मांग धेरै कम भएको छ । त्यही नेपालमा हलका बिक्रीमा असर परे पनि मुल्य करिब ३८० रुपैया कायम रहेको छ ।
भारतमा अहिले पोल्ट्री फार्ममा खडा कुखुरा को थोक मुल्य भारु ६५ देखि ७० रुपैया मा बिक्री हुदै आएको जानकारी प्राप्त भएको छ । त्यही कुरा गर्ने हो भने शहरमा कुखुराको मासु प्रति केजी १२० रुपैया देखि १४० रुपैया कायम रहेको छ । यस बर्ड फ्लुको असरले गर्दा भारतको अनेकौ राज्यमा कुखुराको बिक्रीमा ३० देखि ४० प्रतिशत गिरावट भएको छ ।
नेपालमा पनि कुखुराको मासु बिक्रीमा कमी अएपनि कुखुरा बिक्री मुल्यमा कुनै फर्क देखिएको छैन । हुन त यसको असर नेपालमा पनि परेको होला तर चुनावी मोहोलमा फ्लु टेस्ट नगरिएको कारणले कुनै प्रकारको प्रकोप नदेखिएको हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *