बैंक अफ काठमाडौँको घरदैलो

रोशन गुप्ता
बारा, १८ असार /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ मा रहेको बैक अफ काठमाडौँको शाखाले घरदैलो कार्यक्रम गरेको छ । जितपुर शाखाले छिमेकी पर्सा जिल्लाको मिलन चौक, शोलकपुर र बसडिल्वा मा घरदैलो कार्यक्रम गरेको थिए ।


बचत गर्ने बानी बसालौँ भन्ने नारासहित आयोजित घरदैलो कार्यक्रममा ज्येष्ठ नागरिक, महिला, बालबच्चा, ब्यापारी तथा सर्वसाधारणलाई बैंकले प्रदान गर्दै आइरहेको विभिन्न किसिमका बचत योजनाको बारेमा जानकारी शाखाका कर्मचारी अजय गुप्ताले गराएका छन ।

बिओके को आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्धती खातामा विशेष छुटको साथ सार्वजानीक गरेको थियो । यस खाता मार्फत मौज्दात रकमको ९० प्रतिशतसम्म क्रणको सुविधा सहित रु २ लाख सम्मको क्रेडिट कार्ड सुबिधा रहेको छ ।

यसको साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै निशुल्क सेवाहरु समावेश गरि खाता प्रयोगकर्ताहरुलाई ध्यानमा राखी सार्वजनीक गरेको छ ।

हाल सम्म बैंक अफ काठमाण्डु लिमिटेडले १०७ शाखा कार्यालयहरु, ९९ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा दिदैआइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *