अब विमानस्थल क्षेत्रमा धुम्रपान सेवन निषेध

रोशन गुप्ता
बारा, २३ साउन
/


नेपाल नागरिक उडयन प्राधिकरणले सम्पुर्ण देशभरका विमानस्थल क्षेत्रमा सुर्ती, गुटखा तथा चुरोट सहित बस्तुको सेवनमा पुर्ण रुपले प्रतिवन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई–सिगरेट सेवन गरिरहेको पाएपछि प्राधिकरणले सबै विमानस्थलमा प्रतिवन्ध लगाउने निर्णय घोषण गरेको छ ।


सरकारले प्राइभेट स्थलमा धुम्रपान सेवन नर्गन घोषना गरेपनि कार्यान्वयन हुन सकेको छैन । विमानस्थलमा यस प्रकारको गतिविधिलाई विमानस्थलका प्रशासनले नियमित अनुगम गर्ने छन । देशभरीका विमानस्थलमा खटिने सरोकारवाला र सर्वसाधारणलाई चेतानामुलक प्रचार–प्रसार सामग्री प्रदर्शनको पनि व्यवस्था गर्न प्रधिकरणले सवै कार्यालयलाई जानकारी गराएको छ ।

विराटनगर भन्दा पहिला असार २९ गते काठमाडौँबाट धनगढीको लागि उढेको जहाज भित्र एक यात्रुले चुरोट सल्काएपछि पक्राउ परेका थिए । नेपालमा पहिले देखिनै विमान भित्र प्रज्वलनशील पदार्थको निषेध गरेको हो । यसको साथै विमानस्थल भित्र सुर्ती तथा चुरोट निषेध प्रधिकरणले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *