ऐजेन्सी, ०८ भादौ/

भारतीय कलाकार गुरमित चौधरी चलचित्रमा आउनु अघी नै प्रसिद्ध फिल्म निर्माता यश चोपडाको निर्देशनमा टिभीमा काम गरेको बताएका छन । टिभीमा काम गरेको धेरै वर्ष पछि चौधरीलाई फिल्म खामोशियाँ र वजह तुम ही हो” जस्तो फिल्ममा लिड रोलमा काम गरेका हुन ।

एक अन्तवाताका क्रममा गुरमितले फिल्म निर्माता यश चोपडाको निर्देशनमा फिल्मभन्दा पहिले टिभीमा काम गर्न थालेको बताए । शारुखको उदाहरण दिँदै यस चोपडाले फिल्ममा आउनुअघि “वाग्ले कि दुनिया” र “फौजी” जस्ता टेलिभिजन कार्यक्रममा काम गरेको बताए । शाहरुखले टिभी कार्यक्रममा काम गरेको केही वर्षमा साल १९९२ में मा “दिवाना” फिल्मबाट बाँलिवुडमा डेब्यु गरेको चोपडाले चौधरीलाई बताए ।

यस चोपडा को कुरा मलाई अहिले पनि याद छ, छोरा तिमी फिल्ममा काम गर्न चाहन्छौ भने पहिला टेलिभिजनमा काम गर अनि ठुलो पहिचान बनाऊ अनि तिमिलाई आफै ठुला ठुला निर्देशक र निर्माताले तिमीलाई आफनो फिल्ममा कास्ट अर्न आतुर हुन्छ । शारुखलाई नै हेर फिल्म मा अभिन्य गर्नु भन्दा पहिला टेलिभिजनमा आफनो लोकप्रियता बढाएपछि फिल्ममा काम गर्न मौका पाएको हो । यश चोपडा सरको कुरा मनमा राखेर करिब ४ वर्ष टिभीमा निकै मेहनत गरे ।

चौधरीले धेरै लोकप्रिय कार्यक्रममा काम गरेका छन जस्तै कुमकुम एक प्यारा सा बंधन, गीत हुई सब से पराई, पुनर्विवाह काम गर्नुको साथै झलक दिखला जा , नच बलिए र खतरों के खिलाडी मा पनि देखा परेका थिए ।


